पर्यटन प्रवर्द्धनका लागि रारा महोत्सव हुने
मुग : कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ।कर्णालीको प्रमुख पर्यटकीय स्थल राराको पर्यटन प्रवर्द्धन र मुगुको कला सांस्कृतिक भेषभुसाको संरक्षण प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो।
महोत्सव यही जेठ १८ देखि ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। राराको पर्यटकीय सम्भावनाको स्थानीय कला सांस्कृतिक प्रस्तुतिसहित स्थानीय उत्पादन बजारिकणसँग केन्द्रित रहने महोत्सवका अध्यक्ष नरेश भामले बताए।
प्रतिक्रिया दिनुहोस !