उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई १४ हजार सेना, १०० ब्यालिस्टिक क्षेप्यास्त्र र लाखौं हतियार पठाएको खुलासा

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई १४ हजार सेना, १०० ब्यालिस्टिक क्षेप्यास्त्र र लाखौं हतियार पठाएको खुलासा

काठमाडौं : उत्तर कोरियाले विगत एक वर्षको अवधिमा रूसलाई लाखौं राउन्ड गोला-बारुद, ब्यालिस्टिक क्षेप्यास्त्र र हजारौं सैनिकहरू पठाएको एक नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदनले खुलासा गरेको छ।

बहुपक्षीय प्रतिबन्ध अनुगमन टोली (एमएसएमटी)ले बिहीबार सार्वजनिक गरेको उक्त प्रतिवेदनमा उत्तर कोरियाले युक्रेनमाथि रूसको आक्रमणलाई प्रत्यक्ष सहयोग गरेको प्रमाणहरू प्रस्तुत गरिएको छ। यस टोलीको गठन संयुक्त राष्ट्र संघमा उत्तर कोरियाविरुद्धको प्रतिबन्धको निगरानी गर्न गठन गरिएको प्रारम्भिक संयन्त्र विघटनपछि ११ सदस्य राष्ट्रहरूको पहलमा गरिएको हो।

रिपोर्ट अनुसार उत्तर कोरियाले सन् २०२४ मा मात्रै रूसलाई करिब ९० लाख राउन्ड तोपखाना गोला-बारुद, १०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र विभिन्न रकेट लञ्चर, सवारी साधन, स्वचालित तोप तथा अन्य भारी हतियारहरू आपूर्ति गरेको छ। यस्ता क्षेप्यास्त्रहरू युक्रेनका कीभ, जापोरिजियालगायतका जनघनत्व भएका क्षेत्रमा प्रहार गरिएको बताइएको छ।

त्यस्तै ११,००० भन्दा बढी उत्तर कोरियाली सैनिकहरू सन् २०२३ मा रूस पठाइएका थिए भने २०२४ को प्रारम्भिक महिनामा थप ३,००० सैनिकहरू मस्कोले पाएको रिपोर्टले जनाएको छ।

'उत्तर कोरिया र रूसबीचको यस किसिमको गैरकानुनी सैन्य सहयोगले मस्कोलाई युक्रेनका जनसंख्यायुक्त क्षेत्रमा आक्रामक क्षेप्यास्त्र आक्रमण गर्नसक्ने क्षमतामा उल्लेखनीय वृद्धि गराएको छ,' रिपोर्टमा भनिएको छ। सट्टामा रूसले उत्तर कोरियालाई हवाई सुरक्षा प्रणाली, विमानविरोधी क्षेप्यास्त्र, इलेक्ट्रोनिक युद्ध प्रणाली र परिष्कृत इन्धनsf साथै क्षेप्यास्त्र प्रणालीको लागि मार्गदर्शन डेटा प्रदान गरेको बताइएको छ।

रिपोर्टले भनेको छ, 'यी सहयोगहरूले उत्तर कोरियाको निषेधित सैन्य कार्यक्रमलाई न केवल कोष जुटाउने तर आधुनिक युद्धको प्रत्यक्ष अनुभव बटुल्ने अवसर पनि प्रदान गरेका छन्।' प्रतिवेदनमा प्रयोग भएका प्रमाणहरू ब्रिटेनस्थित ओपन सोर्स सेन्टर (ओएससी) र द्वन्द्व हतियार अनुसन्धान संस्था (सीएआर) का खुला स्रोत अनुसन्धानमा आधारित छन्।

रिपोर्ट अनुसार रूस र उत्तर कोरियाले संयुक्त राष्ट्र संघको हतियार प्रतिबन्धको उल्लंघन गर्दै तेस्रो पक्ष र अवैध नेटवर्कमार्फत हतियार स्थानान्तरण गरिरहेका छन्। रिपोर्टले दुबै देशले 'निकट भविष्यसम्म' यस्तो सैन्य साझेदारी जारी राख्ने सम्भावना रहेको उल्लेख गर्छ। एमएसएमटीमा आबद्ध ११ देशहरू  अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, दक्षिण कोरिया, बेलायत र अमेरिका छन्। यी देशहरूले उत्तर कोरियालाई अर्थपूर्ण कूटनीतिमा फर्कन र प्रतिबन्धको पालना गर्न आह्वान गरेका छन्।

यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अप्रिलमा पहिलोपटक उत्तर कोरियाली सैनिकहरूले युक्रेनमा रूसी भूमिको रक्षा गर्न लडेको पुष्टि गरेका थिए। उत्तर कोरियाले पनि कुर्स्क क्षेत्रमा आफ्ना सेनाको उपस्थिति स्वीकृत गरेको थियो। प्योङयाङ र मस्को दुबैले औपचारिकरूपमा हतियार सहयोगको आरोप अस्वीकार गर्दै आएका छन्।

सन् २०२३ मा गरिएको रक्षा सम्झौताअनुसार दुबै देशले एकअर्कामाथि आक्रमण भएमा 'उपलब्ध सबै माध्यमबाट तत्काल सैन्य सहयोग' गर्ने वाचा गरेका छन्। पुटिनले हालै चेतावनी दिँदै भनेका छन्, 'यदि पश्चिमी राष्ट्रहरूले युक्रेनलाई हतियार दिन जारी राखे, रूसले पनि उत्तर कोरियालाई हतियार उपलब्ध गराउनेछ।'

(अनुवादमा आधारित)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.