सार्वजनिक यातायात बन्दबीच इनड्राइभको वैकल्पिक सवारी सेवा सक्रिय

सार्वजनिक यातायात बन्दबीच इनड्राइभको वैकल्पिक सवारी सेवा सक्रिय

काठमाडौं : देशभर आजबाट सुरु भएको अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको परिस्थितिमा, राइड-हेलिङ प्लेटफर्म इनड्राइभ ले यात्रुहरूलाई वैकल्पिक तथा भरपर्दो यातायात सेवा प्रदान गरिरहेको जनाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै यात्रुहरूको सहजता सुनिश्चित गर्न ‘बिडिङ’ (मोलमोलाई) मोडललाई आधार बनाएर सेवा दिइरहेको जानकारी गराएको छ। यस प्रणालीअन्तर्गत यात्रुहरूले आफू जान चाहेको गन्तव्य र भाडादर प्रस्ताव गर्न सक्छन्, जुन प्रस्ताव वरपरका चालकहरूलाई पठाइन्छ। चालकहरूले ती प्रस्तावहरू स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न सक्ने सुविधा पाउँछन्।

इनड्राइभको भनाइमा, यस्तो ‘फेयर प्राइस’ मोडलले राइड-हेलिङ क्षेत्रमा विद्यमान भाडा असमानतालाई चुनौती दिँदै यात्रु र चालक दुवैलाई पारदर्शी संवादका माध्यमबाट स्वतन्त्रता प्रदान गर्छ।

सार्वजनिक सवारी बन्दको बाबजुद पनि इनड्राइभको प्लेटफर्ममा “दशौं हजार चालकहरू” सक्रिय रहेको कम्पनीको दाबी छ। कम्पनीले न्यूनतम कमिशन नीति अपनाएको बताउँदै चारपाङ्ग्रे सवारी चालकहरूलाई अत्यधिक व्यस्त समयमा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएको छ। यसले चालकहरूको आम्दानीमा वृद्धि हुने र यात्रुहरूलाई छिटो र सजिलो सवारी पाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, मोटरसाइकल चालकहरूका लागि बोनस योजनाहरू पनि सञ्चालनमा रहेको र ती योजनाहरूको जानकारी एपमार्फत निरन्तर दिइँदै आएको कम्पनीले जनाएको छ।

हाल प्रस्तुत सुविधाहरू यात्रुहरूलाई प्रत्यक्ष छुटका रूपमा लागू नभए पनि, यो इनड्राइभको संकटको समयमा भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको कम्पनीले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.