गृहमन्त्रीको निर्देशन : विपद् जुनसुकै अवस्थामा आउन सक्छ, तयारी अवस्थामा रहनुहोस्

गृहमन्त्रीको निर्देशन : विपद् जुनसुकै अवस्थामा आउन सक्छ, तयारी अवस्थामा रहनुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखक केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतको सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। मुलुकभर मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने आँकलन भइरहेका बेला गृहमन्त्री लेखकले विपद् प्रतिकार्यको पूर्वतयारीलाई तिव्रता दिएका हुन्।

मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरी र काठमाडौंमा रहेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षणका साथै आवश्यक पूर्वतयारीको बन्दोबस्तीका बारेमा जानकारी लिए।

गत वर्षको बाढीले ठूलो जनधनको क्षति व्यहोरोको मुलुकले यस वर्ष भने झनै ठूलो विपद् आउने पूर्वानुमानसँगै गृह प्रशासन त्यसको प्रतिकार्यमा थप सशक्त ढंगले अघि बढेको हो । विगत तीन दिनयता गृहमन्त्री लेखकले पूर्वतयारीका विषयमा सरोकारावाला निकायसित समन्वय बढाउनुका साथै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत सुरक्षा संयन्त्रसित भर्चुअल बैठकबाट विपद् प्रतिकार्यको पूर्वतयारीमा चनाखो हुन निर्देश गरेको छ ।

गृह मन्त्रालयले विगतको विपद्का घटनाहरूलाई सिकाइका रुपमा लिँदै आफूसित भएका प्राविधिक जनशक्ति र उपकरणलाई समेत तयारी हालतमा राख्न र स्थानीय सरकार,प्रदेश सरकारसित समन्वय बढाउन आग्रह गरेको छ ।

बुधबार विप्द व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले  विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिए । उनले समिति स्रोत र साधनका बिच प्रहरी संयन्त्र विपद् प्रतिकार्यमा खटिनुपर्ने बाध्यताको अन्त्य गर्न मन्त्रालय अग्रसर रहेको बताए।

'जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन,'उनले भने,'हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।'विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए।

'विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,'उनले भने।

बर्खायाममा  बाढी–पहिलो र डुवानको बढी जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए। 'मनसुनजन्य विपद्का लागि आजैदेखि तयार हुनुपर्यो । समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,'मन्त्री लेखकले भने।

तीन दिनअति पूर्वतयारीबारे ब्रिफिङ लिनु सशस्त्र प्रहरी बलको मुख्यालय पुगेका गृहमन्त्री लेखकले विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद् व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिए। विपद् जोखिम देखिएको ठाउँमा परिचालित भएर सम्भावित घटना हुन चनाखो हुनुपर्ने उनको भनाइ छ । यस्तै लेखकले सशस्त्र प्रहरी बल नेपाललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.