संसद सचिवालय पुग्यो माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जजली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पठाएको हो।
नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारको पत्र संसद सचिवालय पुगेको सभामुखको सचिवालयले जानकारी दिएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालत काठमाडौंमा १८ करोड ५८ लाख ५० हजार विगो माग गर्दै आरोप पत्र दायर गरेको हो।
नेपालले भने अहिलेसम्म भ्रष्टाचारका नाममा आफूले एक पैसा पनि नखाएको दावी गरेका छन्। राजनीतिक प्रतिशोध साँध्न आफूमाथि भ्रष्टाचार मुद्दा आएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !