एमालेविरुद्ध चौतर्फी घेराबन्दी छ : महासचिव पोखरेल

एमालेविरुद्ध चौतर्फी घेराबन्दी छ : महासचिव पोखरेल

भक्तपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भइरहेको बताएका छन्। बिहीबार भक्तपुरमा बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै उनले नेतृत्वविरुद्ध फैलाइएको भ्रमलाई चिरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘अहिले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको छ। यसलाई चिर्न अत्यावश्यक छ। हामीले संगठन, विचार र जनसम्पर्कलाई अझ सबल बनाउँदै जनताबीच सत्य सन्देश पुर्‍याउनुपर्छ ।’ 

उनले पार्टीविरुद्ध कसले भ्रम फैलाएको पहिचान गर्नुपर्ने धारणा राखे। उनले भने, ‘नेकपा एमाले जनतामाझ गहिरोसँग भिजेको पार्टी हो। एमालेजस्तो देश र राष्ट्रवादी शक्ति रहेको विदेशीलाई पनि मन परेको छैन। उनीहरूसमेत एमालेविरुद्ध भ्रम छर्न एजेन्डा  सेटिङ गरिरहेका छन्, भ्रम फैलाइरहेका छन्। हामीले कस्ता व्यक्ति एमाले कमजोर बनाउन लागेका छन् त्यो बुझेर अगाडि बढ्नुपर्छ।’

महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन लागिरहेको बताए। उनले एमालेको नेतृत्व रहँदा देशमा तीव्र विकास भइरहेकाले विपक्षीलाई मन नपरेको उल्लेख गरे। राजनीतिक स्थिरता नहुँदा एमालेले सोचेजस्तो विकास हुन नसकेको उनको दाबी छ।

पार्टीको सुदृढीकरणका लागि जनतासँग सिधा संवाद र भ्रमको चिरफार अत्यावश्यक रहेको उनको भनाइ छ। ‘प्रचारको काममा नेतृत्व गर्नेहरू धेरैभन्दा धेरै अपडेट हुनुपर्छ। भ्रम चिर्ने जिम्मेवारी नेतृत्व र पार्टी निर्णयको हो। त्यसलाई बुझेर प्रचारको दिशा तय गर्नुपर्छ,’ पोखरेलले भने।

पोखरेलले पार्टीलाई सहयोग पुग्ने गरी गहिरो विश्लेषण र यथार्थमा आधारित कन्टेन्टसहित प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले राजावादीहरूको आन्दोलनबाट डराउनुपर्ने अवस्था नभएकाले प्रतिगामी एजेण्डाको विरोध गर्नुपर्ने धारणा राखे। उनले संवैधानिक व्यवस्था र जनताले रोजेको गणतान्त्रिक मूल्यको रक्षा गर्न सबै सचेत कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.