तरुण दल केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन

तरुण दल केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन

काठमाडौं : नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्‍यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन्।

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले विबिभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्‍याली निकालेका हुन्। 

२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा ९ वर्ष वितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राईले बताए। 

उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ वर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अब म्याद थप गर्न नहुने धारणा राखे। उनीहरूले कांग्रेसले अन्तिमपटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितको माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.