हेलम्बु बन्यो पूर्ण खोप सुनिश्चित पालिका
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका हुन्।
अध्यक्ष शेर्पाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्याएको बताए। प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले स्थानीय तहले दायित्व निर्वाह गर्दै जनस्वास्थ्य प्रवर्द्धनमा देखाएको प्रतिबद्धता सराहनीय रहेको बताए।
प्रतिक्रिया दिनुहोस !