पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसक्यो : झलनाथ खनाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेकाले धेरै टीकाटिप्पणी गर्न उचित नहुने बताएका हुन्।
खनालले नेपालको गणतन्त्र र प्रशासनलाई पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे। उनले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए।
प्रतिक्रिया दिनुहोस !