अख्तियार प्रयोग हुँदैन, काम गर्ने संस्था हो : प्रधानमन्त्री ओली

अख्तियार प्रयोग हुँदैन, काम गर्ने संस्था हो : प्रधानमन्त्री ओली

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन्। मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटनपछि बोल्दै उनले अख्तियार प्रयोग हुने संस्था नभई काम गर्ने संस्था भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ। 

प्रधानमन्त्री ओलीले भने,‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो।’  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.