प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा अडिएको छ।
यो समयमा ५४ स्क्रिप्सको ५१ हजार १०२ कित्ता सेयर १ करोड ५९ लाख ५३ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो।
यो समयमा सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले ८१ लाख १७ हजार २०० रुपैयाँको सेयर कारोबार गर्यो।
प्रतिक्रिया दिनुहोस !