प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२१ अंकले बढ्यो
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ४९ स्क्रिप्सको ३९ हजार ५४४ कित्ता सेयर २ करोड ६३ लाख २ हजार १५८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३० स्टक्सको मूल्य बढ्दा १६ वटाको घटेको छ। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !