नेप्से परिसूचक घट्यो,कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो,कारोबार रकम बढ्यो

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।  नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा अडिएको छ।

बुधबार नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा पुगेको थियो । दुई कारोबार दिन सोमबार र  मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार र बिहीबार निरन्तर घटेको हो।

नेप्से घटेसँगै बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। यसदिन ३११ स्क्रिप्सको  २ करोड ८६ लाख  ७ हजार ६८५ कित्ता सेयर १२ अर्ब ५१ करोड ५३ लाख  ८ हजार ९६१ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ९ अर्ब ९० करोड बराबरको सेयर कारोबार भएको थियो।

पियोर  इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरी हिल्सको सेयर ६.७८ प्रतिशतले बढ्दा रसुवागढी हाइड्रोपावर र तेह्रथुम पावरको ५.९९ प्रतिशतले बढ्यो।

गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो। १ अर्ब ८ करोड १४ लाख ८८ हजार ९१९ मूल्य बराबरको सेयर कारोबार गरी नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सानिमा माइ हाइड्रोपावरको ७५ करोड बराबरको सेयर कारोबार हुँदा राधी विद्युतको ५४ करोड,युनिभर्सल पावरको ४८ करोड र बुटवल पावरको ४६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

चार समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।  फाइनान्स,होटल्स एन्ड टुरिजम,हाइड्रोपावर र म्युचुअल फण्ड समूहको उपसूचक बढ्दा अन्य समूहको घटेको हो। कारोबारमा आएकामध्ये ९९वटा स्टक्सको मूल्य बढ्दा १४९ वटाको घट्यो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.