अहमदाबाद विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री मोदी
काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थल पुगेका छन्।
दुर्घटनास्थलपछि प्रधानमन्त्री नरेन्द्र मोदी सिभिल अस्पताल पुगेका छन्। उनले घाइतेहरूलाई भेट्नेछन्।
बिहीबार अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो। लन्डनका लागि उडान भरेको केही समयपछि नै विमान आवासीय क्षेत्रमा खसेको हो।
एयर इन्डियाले २४२ जना सवार मध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। भारतीय मूलका एक बेलायती यात्रु यस घटनामा बाँच्न सफल भएका छन्।
यस दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ।
घटनापछि अहमदाबाद पुगेका गृहमन्त्री अमित शाहले भने, ‘करिब सबै शव निकाल्ने काम पूरा भइसकेको छ। १.२५ लाख लिटर इन्धन भएका कारण तापक्रम उच्च भएकाले बचाउने सम्भावना थिएन।’
प्रतिक्रिया दिनुहोस !