प्रश्नदेखि तर्किए प्रचण्ड

जनार्दनलाई मैले पार्टी छाड्नु भनेको छैन : प्रचण्ड

जनार्दनलाई मैले पार्टी छाड्नु भनेको छैन : प्रचण्ड

विराटनगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई आफूले पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन्। विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले शर्मालाई पार्टी छाड्नु भनेर आफूले कहिल्यै नभनेको बताए।

जनार्दनलाई पार्टी छाड्नु भन्नु भएछ नि ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यो भनेकै छैन। बेकारको कुरा हो।’ माओवादीमा पछिल्लो समय प्रचण्ड र प्रभाकरबीच लाइन संघर्ष चलिरहेको छ। लाइन संघर्षकै कारण दुई नेताबीचको सम्बन्ध सुमधुर नभएको चर्चा छ। प्रचण्डलाई पार्टीभित्र शर्माले चुनौती दिइरहेका छन्। शर्माले आफूलाई ‘काउन्टर’ दिन थालेपछि प्रचण्ड उनीसँग रुष्ट छन्। तर, यस विषयमा पत्रकारले प्रश्न राख्दा प्रचण्ड तर्किए। शर्मालाई पार्टी छाड्न नभनेको उनको स्पष्टोक्ति थियो। 

सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमति र पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दाका बीचमा कुनै सम्बन्ध नरहेको प्रचण्डको भनाइ छ। ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। यो सहमतिसँग अग्नि सापकोटाको कुनै सम्बन्ध छैन,’ उनले भने। सहमतिलाई लिएर भ्रम फैलाइएको उनको आरोप छ। भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै प्रचण्डले भने, ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। सत्ता गठबन्धनसँगको सहमति र अग्नि सापकोटाको विषयमा कुनै सम्बन्ध छैन।’

माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेको थियो। तर, सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)सँग शुक्रबार २ बुँदे सहमति भएपछि माओवादी संसद सुचारु गर्न दिन राजी भयो। रास्वपा, राप्रपालगायतका प्रमुख प्रतिपक्षीले भने गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्। 

माओवादीले सत्ता गठबन्धनसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। सहमतिलाई लिएर नागरिक र कार्यकर्ताले असन्तुष्टि जनाइरहेको पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘नबुझेर असन्तुष्टि जनाइएको हो। बुझेपछि सबै खुसी हुन्छन्। निर्णय सही छ भन्ने महसुस गर्छन्।’

उनले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको उल्लेख गरे। पछिल्लो समयको राजनीतिक सहमति, संसद् अवरोध, शिक्षा ऐन र संघीय निजामती ऐनलगायतका विषयमा पार्टीको धारणा स्पष्ट रहेको प्रचण्डले बताए। 
 विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्ड।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.