बंगलादेशलाई बिजुली  बेच्न सुरु

बंगलादेशलाई बिजुली  बेच्न सुरु
सांकेतिक तस्बिर

नेपालमा वर्षायाममा ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ ।

काठमाडौं : नेपालले शनिबारबाट पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । ऊर्जामन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो । सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासँगै शनिबारबाट बंगलादेश विद्युत् निर्यात गर्न लागिएको हो । 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन  ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत बिक्री गर्न लागिएको हो ।

यसअघि सम्झौता भएसँगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । 

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई बिक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन  ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत बिक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइन हुँदै बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश पुग्नेछ । 

विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म  अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात  गर्ने सहमति भएको छ भने भारतले सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको छ । 

नेपालमा वर्षायाममा बढी भएको विद्युत् मध्ये ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ । 

प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने सहमति छ । नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले तिर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.