३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार

३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३७ अर्ब हाराहारीको बजेट आज  सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि आइतबार दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् । चालु आर्थिक वर्षका लागि उनले नै ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएका थिए । आगमी बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौं,’उनले भनेका थिए,‘वास्तविक स्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ ।’

प्रदेश सरकारले बजेटमार्फत प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख छुट्याउने तयारी गरेको छ । सामानुपातिक सांसदलाई १ करोड ५० लाखका दरले बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बतायो । सांसदका योजनाहरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट छुट्याएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.