मोरङमा टिपरको ठक्करबाट स्कुटरमा सवार पुरुषको मृत्यु

मोरङमा टिपरको ठक्करबाट स्कुटरमा सवार पुरुषको मृत्यु

विराटनगर : मोरङको विराटनगरमा टिपरको ठक्करबाट बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-३ पञ्चेश्वर मन्दिरअगाडि दुर्घटना भएको हो। 

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार को१क ९५३ नम्बरको टिपरले प्र १-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २:३० बजेतिर ठक्कर दिएको थियो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको टिपरले उत्तरतर्फ नै जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको उनको भनाइ छ। 

उनका अनुसार दुर्घटनामा परेर स्कुटरको पछाडि सवार सुन्दरहरैँचा नगरपालिका-१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको छ। शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईंलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी इन्स्पेक्टर लम्सालले दिए। 

दुर्घटनालगत्तै टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका-३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

प्रहरीका अनुसार दुर्घटनामा परे पनि स्कुटर चालक सकुशल छन्। टिपर चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले उल्लेख गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.