ठोरीले ल्यायो ५१ करोड ५४ लाखको बजेट

ठोरीले ल्यायो ५१ करोड ५४ लाखको बजेट

वीरगन्ज : पर्साको ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । ठोरी–४ घेयाङ डाँडास्थित गाउँपालिका कार्यालयको सभाकक्षमा बुधबार आयोजित ठोरी गाउँपालिकाको गाउँसभाको १३औं अधिवेशनमा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले आगामी आर्थिक वर्षका लागि ५१ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा आन्तरिक राजस्व ३० लाख रुपैयाँ, संघ सरकारका तर्फबाट प्राप्त हुने अनुदान ३२ करोड ४१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान १ करोड ९५ लाख, संघ सरकारबाट राजस्व बाँडफाँडतर्फ प्राप्त हुने ६ करोड ९७ लाख ७२ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने ७७ लाख रुपैयाँ रहेको छ । यस्तै, संघ सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत प्राप्त हुने रकम ९ करोड ५० लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी गराए ।

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय साह सोनारको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा पाँचवटै वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडासदस्य, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.