अर्थ समितिमा सुनचाँदी व्यवसायीको माग- विलासिता कर फिर्ता लिनुस्

अर्थ समितिमा सुनचाँदी व्यवसायीको माग- विलासिता कर फिर्ता लिनुस्

काठमाडौं : सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन्। 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन्। उनीहरूले सुनचाँदीलाई विलासिताका रूपमा नभइ संस्कार, संस्कृतिका रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन्।

बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धरासायी हुने बताए। उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले विलासिताको रूपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे।

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिका विपेन्द्र रामुदामुले सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ उपलव्ध हुनुपर्ने र सुनको कोटा प्रणाली खारेज हुनुपर्ने बताए। उनले कला संस्कृतिको विषयमा विलासिता कर लगाउनु उचित नभएको उल्लेख गरे।

आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निवेदन दिएपछि समितिले यस विषयमा छलफल गरेको हो। छलफलमा समिति सदस्यहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण यसले व्यवसायी र उपभोक्तामाथि परेको असरमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.