टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा

काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा.लि. ले काठमाडौंदेखि कन्याकुमारीसम्मको K2K Drive सफलतापूर्वक सम्पन्न गरेका चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजय राम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ।

विश्व वातावरण दिवस २०८२ -जेठ २३ को दिन थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर  करिब ६७०० किलोमिटरको यात्रा पछि थापाथलीस्थित टाटा मोटर्स शोरूम बाटै सम्पन्न भएको छ।  

आज टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित PVBU शोरूममा विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू, र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो।  

अवशिष ओझाले भने, “कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्यौं। कर्भ ईभीले भारतमा एकै चार्जमा ५०० किलोमिटरभन्दा बढी सम्म दियो र नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको थियो, जुन एकदमै प्रभावशाली रह्यो। टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनु हुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ।”

विजय कासजुले थपे, “यात्रा केवल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो र हामी उत्साहित छौं कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्‍यो।”

कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले भने, “हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौं। यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै–धेरै बधाई छ। कुनै समय काठमाडौँ बाहिर विधुतीय गाडी लग्न दुइ चोटी सोच्नु पर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश यो K2K ड्राइभले पुष्टी गरेको छ।”

नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरूसहितको इलेक्ट्रिक SUV–कुपे हो, जसमा लेभल–२ ADAS, V2L टेक्नोलोजी, प्यानोरामिक सनरुफ, र उन्नत सुरक्षा सुविधा उपलब्ध छन्। सिप्रदी ट्रेडिङले कर्भ ईभी जस्ता प्रविधिमैत्री उत्पादनहरूमार्फत इलेक्ट्रिक मोबिलिटीको भविष्य निर्माणमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.