सशस्त्रका दुई डीआइजीको पदावधि थप गर्ने सरकारको निर्णय
असार ९, २०८२ सोमबार २२:४१:१६
काठमाडौं : सरकारले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआइजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।