विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर : कोरोना भाइरस (कोभिड–१९) संक्रमित इलाम घर भएकी एक जना महिलाको विराटनगरमा मंगलबार बिहान मृत्यु भएको छ। 

कोरोना महामारी मत्थर भएयता संक्रमणका कारण विराटनगरमा भएको यो पहिलो मृत्यु भएको हो। उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार लामालाई उपचारका लागि मंगलबार बिहान ४:२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको जानकारी उनले दिए। ‘उपचारका लागि ल्याउँदा नै अवस्था गम्भीर थियो। थप उपचार गर्न नपाइकन आकस्मिक कक्षमै मृत्यु भएको हो,’ उनले भने। 

मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो। अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो। 

शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ। प्रहरीले परिवारलाई बुझाएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको जानकारी दिइन्। पछिल्लो समय कोरोना संक्रमण फैलने क्रममा रहेकाले सबैले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। डीएसपी चुँडालले कोरोना फैलन थालेपछि प्रहरीले जनचेतना फैलाउने काम गरिरहेको बताइन्।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित फेला पर्न थालेका छन्। हालसम्म मृतकबाहेक ८ जनामा संक्रमण पुष्टि भइसकेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए। संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना रहेको उनले बताए।  

कोरोना संक्रमण फाट्टफुट्ट रूपमा देखिन थालेकाले नियन्त्रणका लागि प्रदेश सरकारले काम गरिरहेको खरेलले बताए। सुरक्षाका उपाय अवलम्बन गर्दै कोरोना नियन्त्रण गर्न र थप फैलन नदिन सार्वजनिक सूचना जारी गर्ने लगायतका विभिन्न कामहरु प्रदेश सरकारले गरिरहेको उनको भनाइ छ। ‘सबै पक्षसँग समन्वय र सहकार्य गरेर जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थाहरुलाई ‘अलर्ट’ गराइसकिएको छ। संक्रमणबाट जोगिनलाई सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुन्छ,’ जनस्वास्थ्य अधिकृत खरेल भन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.