बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि छुट्टायो बजेट
असार ११, २०८२ बुधबार १४:५६:१७
तानसेन : पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि बजेट छुट्टाएको छ। गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपैयाँको बजेट ल्याएको हो।
गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाएको बताए।