एमाले अध्यक्ष ओलीले तिरे लेबी
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्।
पार्टी कार्यालय च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व तिरेका हुन्। अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए।
प्रतिक्रिया दिनुहोस !