बाढीले घर बगाउँदा श्रीमती बेपत्ता,श्रीमान् घाइते

बाढीले घर बगाउँदा श्रीमती बेपत्ता,श्रीमान् घाइते
बेपत्ता कमला बलामीको खोजि गर्दै सुरक्षाकर्मी। तस्बिर : अन्नपूर्ण

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवाको गंगरवगरमा बाढीले घर बगाउँदा एक महिला वेपत्ता भएकी छन् । उनका श्रीमान् घाइते भएका छन् । ककनी गाउँपालिका–१ ओखरपौवास्थित वंगरमा अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एक महिला वेपत्ता भएको र उनका श्रीमान् घाइते भएको वडाध्यक्ष पदमवहादुर वलामीले जानकारी दिए । 

उनका अनुसार बिमचा खोल्सामा आएको बाढीले घर बगाउँदा ३३ वर्षीय कमला बलामी वेपत्ता भएकी हुन् भने उनका श्रीमान् ३५ वर्षीय आकाश वलामी घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौंमा उपचार भइरहेको छ। वेपत्ता कमलाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

बाढीबाट स्थानीयका सातजनाको घरगोठसँगै पशुचौपाय बगाएको वडाध्यक्ष वलामीले बताए । उनका अनुसार स्थानीय लालबहादुर,श्यामलाल,धनराज वलामीलगायत सातजनाको घरगोठ बगाएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.