एसईईको नतिजा प्रकाशित हुँदै
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डको दोस्रो बैठक बसेपछि नतिजा सार्वजनिक हुने जनाइएको छ।
प्राविधिक समस्या नआए बेलुकासम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
एसईईको नतिजा वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया दिनुहोस !