स्टाफ कलेजको कार्यकारी निर्देशकमा रामशरण पुडासैनी नियुक्त
काठमाडौं : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा रामशरण पुडासैनी नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
पुडासैनी नेपाल सरकार पूर्व सचिव पनि हुन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिएका छन्। प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन्। उनी असार २० गते स्वदेश फर्किनेछन्।
प्रतिक्रिया दिनुहोस !