कोशीको बजेट बहुमतले पारित

कोशीको बजेट बहुमतले पारित

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट शुक्रबार बहुमतले पारित भएको छ। 

सरकारले असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। छलफलपछि बजेट पारित भएको हो। आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा ३८ जना सांसदले सहभागिता जनाएका थिए।

आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड हुने अनुमान छ। 

बाँकी संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट ब्यहोरिने अनुमान छ। बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जाने छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.