सिन्धुलीमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु,दुईजना घाइते
सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । आइतबार राति ११:५० बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका- १४ रानिबास स्थित मदनभण्डारी राजमार्गमा ज ४ प ३४९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय राजेन्द्र कुवरको मृत्यु भएको हो ।
सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार कुवरको उपचारका लागि बर्दीबासतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कुवर युवासंघका स्थानीय नेता हुन् ।
सिन्धुलीको भिमान बजारबाट रानीबास तर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटना हुँदा मोटर साइकल चालक कमलामाई नगरपालिका १४ तल्लो रानिबासका २१ वर्षीय मनिश धामी र सोही ठाउँका १४ वर्षीय करण घाइते भएका छन् ।
घाइते कुमरको दायाँ कुम र दायाँ हातमा चोट लागि जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय विमानबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !