सुदूरपश्चिममा भारी वर्षा, धनगढी डुवानमा

सुदूरपश्चिममा भारी वर्षा, धनगढी डुवानमा

धनगढी : आइतबार अपरान्हदेखि लगातार परेको वर्षाले धनगढी उपमहानगरपालिका डुवानमा परेको छ । धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदी आसपासका गाउँहरू डुबानमा परेका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

धनगढी उपमहानगरपालिका भएर पूर्वतिर बग्ने मोहना नदीसँग जाडिएका उपमहानगरका वडा नम्बर १, २, ३, ८ र १३ नम्बर वडाका करिब १५० घरहरू डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उपमहानगरपालिकाका अधिकांश बस्तीमा पानी पसेको छ । पाँच परिवारको घरभित्र पानी पसेकाले अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी सोमबार बिहानैदेखि नगरको पानी निकासमा खटिएका मेयर गोपाल हमालका स्वकीय सचिव सुरेन्द्र भट्टले जानकारी दिए ।

null

उनले नालीहरू खोल्ने काम भइरहेको र पानी जमेको स्थानको निकासमा उपमहानगरको टोली खटिरहेको जानकारी दिए । धनगढीको मुख्य बजार क्षेत्रका केही भागहरू शिवनगर क्षेत्र बढी डुबानमा परेका छन् । कैलालीको धनगढी र गोदावरी नगरपालिकामा मात्रै बढी वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कैलालीमा २१३ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको अत्तरिया कार्यालयले जनाएको छ । पहाडि जिल्लातिर वर्षा कम भएकाले हरेक वर्ष डुबान हुने कैलालीको पूर्वी क्षेत्रमा भने खासै असर नपरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

अहिले वर्षा कम भएको र मोहनाको सतह पनि घटिरहेकाले ठूलो विपत भने नआउने अनुमान गरिएको जिल्ला प्रशासन कार्यादलयका सूचन अधिकारी शिवराज जोशीले बताए । उनले डुबानको सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षाकर्मी, उद्धारकर्मी र उद्धार सामाग्री तयारी हालतमा राखिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.