इजरायलले इरानको जेलमा आक्रमण गर्दा ७१ जनाको मृत्यु

इजरायलले इरानको जेलमा आक्रमण गर्दा ७१ जनाको मृत्यु

काठमाडौं : इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 

'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ जनाको मृत्यु भएको छ,' जहाँगीरले इरानको न्यायपालिका समाचार सेवा मिजानमा भने।

युद्धविराम घोषणा भएपश्चात पनि इजरायलले उक्त जेलमा आक्रमण गरेको इरानी पक्षको आरोप छ। उक्त जेलमा राजनीतिक कैदीहरू रहेको बताइएको छ। यसले इरानको सैन्य र आणविकमात्र नभएर इजरायलले त्यसभन्दा बाहिरको क्षेत्रलाई पनि 'टार्गेट' बनाएको विश्लेषकहरूको भनाइ छ। 

आक्रमणपछि बाँकी रहेका बन्दीहरूलाई तेहरान प्रान्तका अन्य जेलहरूमा स्थानान्तरण गरिएको छ। एभिन जेलमा विभिन्न विदेशी नागरिकहरू पनि थुनामा रहेका छन्। जसमा दुई फ्रान्सेली नागरिकहरू सेसिल कोहलर र ज्याक पेरिस रहेका छन्। उनीहरू तीन वर्षदेखि थुनामा छन्।

फ्रान्सका विदेशमन्त्री जीन नोएल ब्यारोटले आक्रमणको निन्दा गर्दै जेलमा रहेका आफ्ना नागरिक असुरक्षित रहेको बताएका छन्। उनले यस्ता कार्य अस्वीकार्य भएको बताएका छन्। यस आक्रमणको घोर विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायका विभिन्न निकायहरूले इजरायलको कदमलाई निन्दा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.