प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन्।
त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !