राष्ट्रियसभाबाट बजेट बहुमतले पारित

राष्ट्रियसभाबाट बजेट बहुमतले पारित

काठमाडौं : राष्ट्रियसभा बैठकले विनियोजन विधेयक २०८२ (बजेट) बहुमतले पारित गरेको छ। बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

यस्तै बैठकले बजेट ‘आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार बोलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.