विद्यालयमा टेलिकमले दियो कम्युटर ल्याब
नुवाकोट : नुवाकोटको त्रिशूलीबजारस्थित एक सामुदायिक विद्यालयमा आईसिटी ल्याब सञ्चालन गरिएको छ। उक्त आईसिटी ल्याबको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे। उनले अब विद्यार्थीहरूलाई आधुनिक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताए।
नेपाल दूरसञ्चार संस्थानको सहयोगमा विदुर नपा १ त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माविमा आईसिटी ल्याब सञ्चालन गरिएको हो। टेलिकमले सामुदायिक उत्तरदायित्त्व कार्यक्रमअन्तर्गत स्थापना गरेको सो आईसिटी ल्याबमा १२ थान कम्प्युटर, १२ थान युपिएस, एक थान प्रिन्टर रहेको छ।
प्रतिक्रिया दिनुहोस !