चार जनालाई युवा पत्रकारिता पुरस्कार
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले अन्नपूर्णकर्मी ममता थापासहित चार जनालाई युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर अन्नपूर्ण पोस्ट्की थापासँगै राष्ट्रिय समाचार समितिका सुशील दर्नाल, कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्कालाई युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने जानकारी गराएको हो।
उनीहरूलाई एक हप्तापछि पुरस्कार प्रदान गरिने युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जगदीश पराजुलीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !