गुडिरहेको कारमा पहिरो खस्यो

छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते

गुडिरहेको कारमा पहिरो खस्यो

नुवाकोट : शिवपुरीको सडकमा गुडिरहेको गाडीमा पहिरो खसेको छ । प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार काठमाडौँबाट टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश विएडी ३७७३ नम्बरको निजी कारमा माथिबाट पहिरो खसेर क्षति गरेको हो । उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको डीएसपी लामाले बताए । 

उनको हात र काँधमा चोट लागेको छ । उपचारका लागि अस्पताल लगिएको छ । घटनामा कारमा क्षति पुर्‍याएको छ भने पहिरोले उक्त सडक केहि घण्टा अवरुद्ध भएको थियो ।

यता, पासाङल्हामु मार्ग अन्तर्गत रहेको विदुर–त्रिशूली सडकखण्डमा विद्युतीय माइक्रोबस र मोटरसाइकल ठोक्किएको छ । विदुर नगरपालिका- १ ढुंगेमा बागमती प्रदेश ०६००१ ज ०१३८ नम्बरको विद्युतीय माइक्रोबसले शनिबार बा ९२ प १८४ को मोटरसाइकललाई ठक्कर दिएको हो ।

मोटरसाइकल चालक घाइते भएका छन् । घाइतेको स्थानीयबासीले उद्धार गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.