दुर्घटनामा घाइते युवकको मृत्यु, चालक पक्राउ

दुर्घटनामा घाइते युवकको मृत्यु, चालक पक्राउ

नुवाकोट : पासाङल्हामु मार्गको विदुर–त्रिशूली सडकखण्डको ढुंगेमा शनिबार दुर्घटनामा परी घाइते भएका एक जना युवकको मृत्यु भएको छ। 

उक्त सडकमार्गअन्तर्गत विदुर नगरपालिका-१ ढुंगेमा विद्युतीय माइक्रोबस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल शनिबार दिउँसो एक आपसमा ठोकिँदा मोटरसाइकल चालक ढुंगेबजारका २० वर्षीय रोनिश श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। 

विदुर १ ढुङ्गेस्थित विदुर–त्रिशूली सडक खण्डमा विदुरबाट त्रिशूलीतर्फ जाँदै गरेको बा९३प १८४ नम्बरको मोटरसाइकल र विपरीत दिशा त्रिशूलीबाट बट्टारतर्फ जाँदै गरेको बाप्र०६–००१ज०१३८ नम्बरको यात्रुवाहक विद्युतीय माइक्रोबस एक आपसमा ठोकिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.