भोटेकोशीमा बाढी : उद्दार र राहतमा जुट्न कांग्रेसको आग्रह

भोटेकोशीमा बाढी : उद्दार र राहतमा जुट्न कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढी प्रभावितहरूको उद्दार तथा राहतमा जुट्न आग्रह गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावितहरूको उद्दार तथा राहतमा जुटन माग गरेका हुन्।

प्रहरीसहित १५ नागरिक  बेपत्ता भएको घटना अत्यन्तै दु:खद भएको कांग्रेसले जनाएको छ।

'रसुवामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले हामी सबैलाई दुःखीत र गम्भीर बनाएको छ । ३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ । यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ,'विज्ञप्तिमा उल्लेख छ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ती व्यहोर्नु परेको स्मरण गर्दै नेपाली कांग्रेस एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ। 

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १५ जना बेपत्ता भएका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.