भोटेकोशीको बाढीमा फसेका प्रहरीसहित सबैको पहिचान खुल्यो

भोटेकोशीको बाढीमा फसेका प्रहरीसहित सबैको पहिचान खुल्यो

नुवाकोट : ल्हेन्दी खोलामा आएको भीषण बाढीमा वेपत्ता सबैजनाको पहिचान खुलेको छ। बाढीमा बेपत्ता भएका सुरक्षाकर्मी, चिनियाँ नागरिक,नेपाली चालकको पहिचान खुलेको हो ।  बाढीमा १८ जना बेपत्ता भएका छन्। 

रसुवागढी जलविद्युत केन्द्रको ड्याम साइडमा फसेका एकजना चिनियाँ नागरिक, १७ जना नेपाली गरी १८ जनालाई नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलिले उद्दार गरेको हो। हालसम्म उद्दार गरिएकाहरूमा चार महिला,४६ जना पुरुषसहित ५० जना रहेको सशस्त्र प्रहरी वलका प्रवक्त शैलेन्द्र थापाले जानकारी दिए । 

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलले जनाएको छ । लेन्देखोलामा मंगलबार बिहान साँढे तीन बजेतिर आएको बाढीमा परी तीनजना नेपाल प्रहरी वेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । उनीहरू तीनैजना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेको रसुवा प्रहरीले जनाएको छ । 

बाढीमा परेर वेपत्ता हुनेहरूमा चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेको  सशस्त्र प्रहरी वलका सहप्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार वेपत्ता हुनेहरुमा तीनजना गाडी चालक रहेका छन् । 

बाढीमा बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू,२४ वर्षीय लक्ष्मीनारायण थारू,३० वर्षीय सुरेश थारू,बागलुङका नरेन्द्र विक,सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन् । लामा,मोक्तान र तामाङ गाडी चालक हुन् । बाढीले नेपाल–चीन सीमा रसुवागढीमा रहेको मितेरी पुल बगाएर दुई देशबिचको आवतजावत ठप्प भएको छ ।  बाढीका कारण स्याफ्रुबेँसी–रसुवागढी सडकको १० स्थानमा क्षति पुग्दा उद्धार तथा आवतजावत अवरुद्ध भएको छ । 

बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका  कन्टेनरमा क्षति पुगेको प्रहरीले जनाएको छ । यसैगरी बाढीले रसुवाको उत्तरगया गापा- १ मैलुङस्थित नेपाली सेनाको पोष्ट अगाडि गल्छि–बेत्रावती– स्याफ्रुबेशीसडक खण्डको बेलीब्रिज बगाएको छ ।  

यसका साथै बाढीले त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ । रसुवाको गोसाइँकुण्ड गापा २ तातोपानीस्थित पासाङल्हामु सडकमार्ग अन्तर्गत स्याफ्रुबेशी– रसुवागढी सडक खण्डमा भोटेकोशी नदीमा आएको बाढीले विभिन्न स्थानमा सडक पूर्ण कटान गरेको छ।

बाढीले नुवाकोट र रसुवामा भएको क्षतिको विवरण संकलन गरिरहेको प्रशासनले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.