बाढीपछि पहिरो : त्रिदेशिय मार्ग अवरुद्ध, बेपत्ताहरूको खोजि जारी

बाढीपछि पहिरो : त्रिदेशिय मार्ग अवरुद्ध, बेपत्ताहरूको खोजि जारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

नुवाकोट : बाढीपछि आएको पहिरोले त्रिदेशिय मार्ग अवरुद्ध भएको छ । बाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध भएको हो। त्रिदेशिय मार्गअन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकमार्गको बिचमा पहिरो खसेको छ।  अहिले पहिरो पन्छाउने काम भइरहेको छ। गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा सेनासहितको टोली खटिएको छ ।
 
चीनहुँदै आएको लेन्देखोलाको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका-२ स्थित टिमुरे र रसुवागढी क्षेत्र अस्तव्यस्त छ । जनजीवन प्रभावित भएको छ । स्याफ्रुवेशीहुँदै टिमुरे जाने उक्त सडकमा गएको पहिरो हटाउने काम भइरहेको छ।

यसैगरी यता,पहिरोले रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्डे अवरुद्ध छ । ठूलो भार्खुमा पहिरो खसेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने कार्य गरिरहेको छ । चीनको तब्बत हुँदै बहने लेन्दे (भोटेकोशी) नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड विभिन्न स्थानमा कटान हुँदा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । नेपाल–चीन सिमाना रसुवागढीमा लेन्देखोलामा मंगलबार राति आएको बाढीमा परी दुई प्रहरी,छजना चिनियाँसहित १९ जना अझै वेपत्ता छन् । टिमुरे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक अरुण पौडेलका अनुसार लेन्देखोला हुँदै त्रिशूली नदीमा मिसिएको बाढीमा श्रेष्ठको शव भेटिएको हो । हालसम्म चारवटा मानव अंग र चारवटा शव फेला परेको डीआजी पौडेलले बताए । शव र मानव अंगहरू संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको पनि डीआजी पौडेलले बताए । 

पहिरोका कारण स्य्राफ्रुवेशी र टिमुरे, रसुवागढी केरुङको सम्पर्क पनि टुटेको छ । नेपाल–चीन सीमाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर उद्धारमा खटिएका तीन प्रहरीसहित २० जना वेपत्ता भएका हुन् । तीमध्ये श्रेष्ठको मात्रै शव भेटिएको हो।  उनको शव चितवनको भरतपुर नगरपालिका–२९ त्रिशूली नदीस्थित १५ किलोमा भेटिएको थियो । 

उद्दारमा सहजता तथा विपद् व्यवस्थापनका लागि नुवाकोटको तादी गाउँपालिकाले प्रहरीलाई विपदका उद्धार सामग्री प्रदान गरेको छ । तादी गाउँपालिका -३ खरानीटारमा रहेको इलाका प्रहरी कार्यालयलाई विपद तथा उद्धार सामग्री हस्तान्तरण गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.