विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र
सुन्नुहोस्

काठमाडौं : विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।  

बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी एनएस÷आइएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्यायसम्पादन भन्दापनि प्रशासनको कार्यमूल्याङ्कनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए। 

आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै उनले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्तदुरुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए। 

अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको जानकारी दिए।

विशेष अदालतले चालू आर्थिक वर्षको असार २५ गतेसम्म २०६ मुद्दाको लगतमध्ये १२३ वटा फर्छ्यौट भइसकेको जानकारी  गराएको छ। जसमा लक्ष्य अनुसारको फर्छ्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको अदालतका अध्यक्ष कुँवरले जानकारी दिए।

आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ्ग गरी डिजिटल फाइल बनाउने, कानुनको म्यादभित्र मुद्दा फर्छ्यौट कार्यलाई निरन्तरता दिने अदालतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.