पहिरोले अरनिको राजमार्ग अवरुद्ध

चीनसँग तातोपानी नाकाको सम्पर्क विच्छेद्, बिचल्लीमा मानसरोवरका तीर्थयात्री

चीनसँग तातोपानी नाकाको सम्पर्क विच्छेद्, बिचल्लीमा मानसरोवरका तीर्थयात्री
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकोमा बिहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । पहिरोले सडकमा क्षति पुगेपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ । कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकोमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

भाँसिएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाकाहुँदै काठमाडौं जाने मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । यात्रुबाहक बस,साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका प्रहरीले जनाएको छ । 

सडक सम्पर्क विच्छेद भएपछि कैलाश मानसरोवरको तीर्थयात्रामा गएका विदेशी तीर्थयात्रीहरू बिच बाटोमै अलपत्र परेका छन् । रसुवाको टिमुरे–केरुङ सडक पूर्णरूपमा विच्छेद् भएपछि उनीहरूले बैकल्पिक सडकका रुपमा बुधबारबाट तातोपानीलाई प्रयोग गर्दै फर्किएका थिए ।

बाढीका कारण आवागमण सुचारु गर्न नसकिने देखिएपछि चीनले तीर्थयात्रीहरूलाई तातोपानी नाका प्रयोग गरी बुधबारबाट नेपाल फर्काउन थालिएको अध्यागमन कार्यालय तातोपानी कोदारीका प्रमुख कृष्ण खनालले जानकारी दिए । ‘तर, अहिले तातोपानी नाका नजिकै कोदारीमा ठूलो पहिरो गएपछि चीनसँग सडक सम्पर्क टुटेको छ,'खनालले भने,‘सडक मार्ग हुँदै फर्कने तीर्थयात्रीहरूलाई फर्काउन समस्या देखिएको छ ।’

बुधबार विभिन्न देशका नागारिकलाई डाइपोर्ट खुल्ला चौरबाट मनाङ एयरको ४ वटा हेलिकोप्टरबाट ७२ जनालाई र कोदारी राजमार्गहुँदै ६४ जनालाई बसमार्फत काठमाडौं पुराएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । अमेरिका,क्यानडा,आयरल्यान्ड, मलेसिया, सिंगापुरको नागरिकताधारी भारतीय मूलका नागरिक कैलाश मानसरोवर यात्रा पूरा गरेर फर्केका हुन् ।

‘सडक मार्ग हुँदै फर्कने तीर्थयात्रीहरूलाई काठमाडौंसम्म पुर्‍याउन बैकल्पिक तयारी सुरू गर्ने विषयमा छलफल भइरहेको छ’,खरेलले भने,‘सडकमार्गबाट सम्भव हुने नदेखिए उहाँहरूलाई हेलिकोप्टरबाट भएपनि सुरक्षित पुर्‍याइनेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.