लेखा अधिकृतको सवा ६ करोड अकुत सम्पत्ति

लेखा अधिकृतको सवा ६ करोड अकुत सम्पत्ति
सुन्नुहोस्

काठमाडौं : गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौं तह) झलक शर्मा पौडेलले सवा ६ करोड अकुत सम्पत्ति आर्जन गरेको तथ्य खुलेको छ । 

२६ वर्ष सार्वजनिक सेवामा रहँदा उनले भ्रष्टाचार गरी ६ करोड २६ लाख ९३ हजार अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ । अख्तियारले लेखा अधिकृत पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अख्तियारले लेखा अधिकृत पौडेलले नियुक्ति भएको मिति ०५४ माघ ८ देखि ०८० मंसिर १० सम्मको अवधिमा गरेको आम्दानी र लगानी तथा खर्चको विषय अनुसन्धान गरेको थियो । उनले प्राप्त गरेको पारिश्रमिक/तलब बचतबापतको रकम, दैनिक भ्रमण भत्ता बचतबापतको रकम, प्रोत्साहन भत्ता बचतबापतको रकम, बैठक भत्ता बचतबापतको रकम, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटी रकम, कृषि आयबापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय रकम, मुद्दती बचत कर्जाबापतको रकम, विभिन्न कम्पनीहरूको सेयर बिक्रीबाट प्राप्त रकम र विभिन्न व्यक्तिहरूलाई दिएको ऋण/सापटी फिर्ता पाएको रकमसमेत गरी निज झलक शर्मा पौडेल र निजका एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा ३ करोड ३९ लाख ८७ हजार ४९० आय आर्जन गरेको देखिएको छ ।

सोही जाँच अवधिमा निजको व्ययतर्फ घरजग्गा खरिद/रजिस्ट्रेसन दस्तुरसमेतको रकम, घर निर्माण खर्च रकम, निज तथा निजको परिवारको नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारीमा रहेको बैंक खाताबाट विभिन्न व्यक्तिहरूलाई दिएको ऋण सापटी रकम, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटीको साँवा व्याज भुक्तानी रकम, विभिन्न कम्पनीहरूको सेयर खरिदमा भएको लगानी रकम, शैक्षिक खर्च रकम, सवारीसाधन खरिद तथा नवीकरण खर्च रकम, सुनलगायत बहुमूल्य धातुका गरगहना खरिद रकम, विभिन्न व्यक्तिहरूलाई दिएको रकम, स्वदेशका विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरूमा रहेका खातामा भएको मुद्दती मौज्दात रकम र बचत खातामा भएको बैंक मौज्दात रकमसमेत गरी जाँच अवधिमा ९ करोड ६६ लाख ८० हजार ६२० खर्च तथा लगानी गरेको देखिएको छ ।

उनको जाँच अवधिमा ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँबराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको देखिएको छ । लेखा अधिकृत पौडेलले आर्जन गरेको सम्पूर्ण सम्पत्ति वैधानिक रूपमा आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको अरोपपत्रमा उल्लेख छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिमको कैद र बिगोबमोजिम जरिवानाको माग दाबी गरेको छ । 

उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएको छ । झुट्टा सम्पत्ति विवरण गरेको आरोपमा पनि उनलाई थप सजायको मागदावी लिइएको छ । पौडेलले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नी हुमाकुमारी उपाध्यायको नाममा समेत राखेको देखिएको छ । प्रचलित कानुनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र हुमाकुमारी उपाध्यायलाई प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.