'श्री ५' सम्बोधन गरेपछि पूर्वराजाका संबाद सचिव पाठकलाई प्रहरीले बोलायो

'श्री ५' सम्बोधन गरेपछि पूर्वराजाका संबाद सचिव पाठकलाई प्रहरीले बोलायो
सुन्नुहोस्

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको संबाद सचिवालयका प्रमुख फणिराज पाठक जिल्ला प्रहरी कार्यालय काठमाडौं पुगेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयबाट जारी हुने विभिन्न विज्ञप्ति र सूचनामा उनले संविधानमा नभएका शब्दहरू प्रयोग गरेको भन्दै प्रहरीले उनीमाथि निगरानी गरेको थियो।
 
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीका अनुसार उनीविरुद्ध जनगुनासो आइरहेको थियो। पाठकले पूर्वराजाको विज्ञप्ति निकाल्ने बेला श्री ५ महाराजधिराज नै लेख्ने गरेका छन्। जुन संविधानअनुसार छैन। 

‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भएकाले यस विषयमा बुझ्नका लागि पाठकलाई प्रहरी कार्यालय बोलाइएको प्रहरी प्रमुख अधिकारीले बताए। उनी भन्छन्, 'जसलाई जे मन लाग्यो त्यही लेखेर प्रचार र सम्प्रेषण गर्न मिल्दैन। सार्वजनिक रूपमा प्रयोग गरिने भाषा र शब्द संविधानअनुसार नै हुनुपर्छ।'

पाठकसँग प्रहरीले कुराकानी गरिरहेको छ। उनको संबाद सचिवालयको आधिकारिकताको विषयमा पनि छलफल भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

पाठकले गत असार १३ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा 'श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७९औं शुभजन्मोत्सव मनाउने' भन्दै सूचना जारी गरेका थिए । संबाद सचिवालयबाट हरेकपटक प्रकाशित हुने सूचनामा उनले 'श्री ५ महाराजधिराज' नै सम्बोधन गर्दै आएका थिए।
 
सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकोप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले आश्चर्य व्यक्त गरेका छन्। ‘श्री ५ ज्ञानेन्द्र’ लेखेकै बहानामा सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद भएको उनको भनाइ छ। 'यो सरकारको संकीर्ण मानसिकताको द्योतक हो। श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्, प्राविधिकरूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनीपछि अरु कोही राजा नभएकाले उनलाई श्री ५ ले सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.