नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले नै हो, चाहँदा वामपन्थी एकता हुन्छ : झलनाथ खनाल

नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले नै हो, चाहँदा वामपन्थी एकता हुन्छ : झलनाथ खनाल
सुन्नुहोस्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले भएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको दाबी गरेका हुन्। 

खनालले एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए। एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुने स्पष्ट पारे। ‘अहिले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै हो।’ खनालले भने, ‘अनि त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो। त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको हो।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.