बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा २-० गोलले पछि
ढाका : साफ-२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत घरेलु टोली बंगलादेशविरुद्धको खेलमा नेपाल पहिलो हाफमा पछि परेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिना रंगशालामा आइतबार जारी खेलको पहिलो हाफ सकिँदा नेपाल २-० गोलले पछि परेको हो।
घरेलु टोली बंगलादेशका लागि पहिलो हाफमा सिन्हा जहान सिखा र सागोरिकाले गोल गरिन्। खेलको १२औं मिनेटमा सिखाको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो।
२७औं मिनेटमा नेपालले बराबरी गोल फर्काउने राम्रो अवसर पाएको थियो। बंगलादेशकि पूजा दासले फल गर्दै सेनु परियारलाई मैदानमा लडाएपछि नेपालले फ्री किक पाएको थियो। तर, दुर्भाग्य अनिषा राईको फ्री किक प्रहार माथिल्लो बारमा लागेर बाहिरिएपछि नेपालले खेलमा बराबरी गोल फर्काउने अवसर गुमायो।
त्यसपछि खेलको ३५औं मिनेटमा सोगारिकाले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाइन्।
प्रतिक्रिया दिनुहोस !