लेन्दे खोलामा बाढी बितण्डा : बेपत्ताको खोजि जारी, सडक मर्मत तथा पुनर्निमाणको काम धमाधम

लेन्दे खोलामा बाढी बितण्डा : बेपत्ताको खोजि जारी, सडक मर्मत तथा पुनर्निमाणको काम धमाधम
सुन्नुहोस्

नुवाकोट : चीनको तिब्बतको लेन्देखोलामा आएको बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको विवरण संकलन कार्य जारी रहेको छ । सडक, सवारी साधन, जलविद्युत आयोजनालगायत क्षेत्रमा अर्बौको क्षति पुगेको छ । 

बाढीले त्रिदेशिय मार्गअन्तर्गत स्याफ्रुवेशीदेखि टिमुरे रसुवागढीसम्म १६ किलोमिटर सडकखण्डको १२ स्थानमा कटा र केही ठाउँमा पहिरोले बगाएको थियो। सोही सडक खण्डको पुर्ननिर्माण र मर्मत कार्य जारी रहेको छ । 

चार दिनको अवधिमा रोङ्गा पुलदेखि टिमुरेसम्मको नौ दशमलव पाँच किलोमिटर र रसुवागढी जलविदुत आयोजनाको बालुवाखानीदेखि रसुवागढीतर्फको दुई सय ७० मिटर सडक मर्मत तथा पुर्ननिर्माण गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

बाढीले पुर्‍याएको क्षतिको मुल्यांकन गर्न गल्छि–देवीघाट–त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक योजना कार्यालय नुवाकोटका प्रमुख खड्गलाल श्रेष्ठको संयोजकत्वमा गठित विशेष समितिले स्थलगत मुल्यांकनको कार्यलाई तिव्रता दिएको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको भनाइ छ ।

उनका अनुसार सडक मर्मत तथा पुर्ननिर्माणका लागि सडक आयोजना,जलविद्युत कम्पनीलगायतका स्काभेटर,डोजर, ब्रेकरलगायतका हेभि उपकरणहरूसहित सयौं प्राविधिक कर्मचारी दैनिक रुपमा खटिएका छन् । 

दैनिक चार थान हेभि इक्युपमेण्टमार्फत सडक मर्मत, पुर्ननिर्माण तथा बाढी सफा गर्ने कार्य भइरहेको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए । उनले भने,'पुर्ननिर्माणको कार्य भइरहेको छ, केहि दिनमै  नेपाल–चीन रसुवागढी नाका जोडिने लक्ष्य रहेको छ।'

नेपालबाट मालसामान पैठारीका लागि चीनको केरुङतर्फ गएका गाडी तथा सामानहरूलाई चिनियाँ पक्षले सुरक्षित रुपमा भण्डारण गरि राखिदिएको रसुवा प्रशासनले जनाएको छ । बाढी आएको दिन मंगलबारदेखि नै चीनले केरुङमा फसेका एकसय जना नेपालीलाई सुरक्षित रुपमा गाँसबासको व्यवस्थासहित राखिरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जाकारी दिए।

उनीहरूलाई सडक पुर्ननिर्माण तथा मर्मतपछि  रसुवागढी ल्याइने पनि पौडेलले बताए । उनीहरू रोजगारी,पर्यटन र व्यवसायको सिलसिलामा रसुवागढी नाका हुँदै केरुङ पुगेका थिए । चीनले रसुवागढीस्थित लेन्देखोलामा अस्थायी रुपमा बेलिव्रिज निर्माण गर्ने जानकारी आएको नेपालका सुरक्षा अधिकारीले जानकारी दिएका छन् । यसका लागि नेपाल सरकारले कुटनीतिक रुपमा पहल गरिरहेको जनाइएको छ । 

लेन्देखोला  र सो खोला मिसिएको  त्रिशूली नदीमा बाढीमा बेपता भएकाहरूको खोजि जारी रहेको छ। हालसम्म दुई प्रहरी,६ चिनियाँसहित १९ जना बेपत्ता छन्।  बाढीले पुरेको ११ थान विद्युतीय सवारी,२१ थान मालवाहक ट्रक,कन्टेनर,दुई थान हेभि इक्युपमेण्ट सुरक्षित स्थानमा सारिएको छ ।

चीनको तिब्बततर्फबाट यहि असार २४ गते मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाका,टिमुरे तथा जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । मर्मत, पुर्ननिर्माण,उद्धार,राहत तथा पूर्वाधार पुनःस्थापनाको कार्य तीव्र गतिमा भइरहेको रसुवा प्रशासनले जानकारी दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.