हत्कडीसहित भागेका थुनुवा पक्राउ

हत्कडीसहित भागेका थुनुवा पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

नुवाकोट : हत्कडीसहित फरार भएका थुनुवाहरूलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी मैलुङबाट फरार भएका उनीहरूलाई  प्रहरीले नियन्त्रणमा लिएको हो। निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको ट्रिपरका चालक उत्तरगया गाउँपालिका- २ सिम्लेका  २० वर्षीय सुमन भन्ने छिरिङ तामाङ र सोही हाइड्रोमा काम गर्ने सहचालक प्युठानको गौमुखी गाउँपालिका- ३ का २५ वर्षीय तनबीर पुनमगर हतकडीसहित फरार भएको थिए।

उनीहरूलाई मंगलबार डाँडागाउँको सिम्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हाइड्रोको सामानसहित पक्राउ गरी अस्थायी प्रहरी पोष्ट मैलुङ रसुवामा राखिएको थियो। हत्कडीसहित फरार रहेका उनीहरू फरार भएको चार घण्टामै सिम्लेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

रसुवा उत्तरगया गाउँपालिका -१ मैलुङस्थित अस्थायी प्रहरीपोष्ट मैलुङको चेक पोष्टमा पनेरुको नेतृत्वको टोलीले निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको पावर चाइना कम्पनीको बाप्र.०१००४क१२७९ नं. को आइचर गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । 

उक्त गाडिमा पाँचसय किलोग्राम तौल बराबरको कवाडी सामान हाईड्रोपावरबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। सामानसहितको आइचर र कवाडी सामान अस्थायी प्रहरी पोष्ट मैलुङमा बुझाएको छ भने थुनुवाहरूलाई जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवा लगिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.