कोइराला निवास कुनै गुट विशेषको केन्द्र होइन : बालकृष्ण खाँण

कोइराला निवास कुनै गुट विशेषको केन्द्र होइन : बालकृष्ण खाँण
कोइराला निवासमा नेता बालकृष्ण खाँण लगायत।

विराटनगर : नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान विराटनगरस्थित डा. शेखर कोइरालाको निवासमा पुगेका छन्। 

डा. कोइरालाको निवासमा पुगेर उनले पत्रकार सम्मेलनसमेत गरे। निवासमा पत्रकार सम्मेलन गर्दै खाँणले कोइराला निवास कुनै गुट विशेषको केन्द्र नभएको बताए। उनले उक्त निवासलाई कांग्रेसका पूर्खाहरूको योगदानले भरिएको साझा पवित्रस्थलको संज्ञा दिए। उनले भने, ‘यहाँ बीपी, गिरिजाप्रसाद र कृष्णप्रसाद कोइरालाको स्मृति छ। उहाँहरू हाम्रो लागि महामानव हुनुहुन्छ। यस्तो ऐतिहासिक स्थानलाई गुट विशेषको रूपमा हेर्नु हुँदैन।’ 

खाँणले डा. शेखर कोइरालालाई मात्र होइन, सम्पूर्ण कोइरालाहरूप्रति सम्मान प्रकट गरे। उनको उपस्थिति र अभिव्यक्तिले कोइराला निवासमा जानु भावनात्मक भ्रमणमात्र नभएर नयाँ राजनीतिक यात्राको संकेत पनि हो भन्ने धारणालाई बलियो बनाएको छ। पार्टीभित्र अनुशासनको नाममा भइरहेको कारबाही प्रक्रियामाथि पनि उनले गम्भीर प्रश्न उठाएका छन्। 

खाँणले १५औं महाधिवेशन एक वर्ष ढिलो हुन सक्ने संकेत पनि दिए। पार्टी विधानअनुसार विशेष परिस्थितिमा महाधिवेशन ५ वर्षभित्र गर्न सकिने व्यवस्था रहेको भन्दै उनले विगतका महाधिवेशनहरू पनि १ वर्ष ढिलो गरिएको उदाहरण प्रस्तुत गरे। उनले पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनु पर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.